नेपाली खेलाडि पहिलो चरणबाट नै बाहिर

चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् ।२१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । साथै पहिलो दिनको खेलमा नेपालकी सुटिङ खेलकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले कीर्तिमान कायम गरेकी हुन् । ५० प्रतिस्पर्धी सहभागी इभेन्टमा कल्पनाले ४६ औं स्थान हासिल गरेकी हुन् । नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी छिन्। शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय