Khabar Samachar

पर्यटन मन्त्री प्रेम आलेले समाबेसी नभएको भन्दै आफु निकट नयाँ मन्त्रीहरूको सूची बुझाए

221
VIEWS

पर्यटन मन्त्री प्रेम आलेले समाबेसी नभएको भन्दै आफु निकट नयाँ मन्त्रीहरूको सूची बुझाएका छन । उनले गैर सांसद र गैर समावेशी टिमको विपक्षमा सांसदहरूको समावेशी टिमको नाम सिफारिस गरेको बताइएको छ । हट्ने भनिएका अन्य मन्त्रीले भने सो सूची आलेको एकल भएको भन्दै आफूहरू हस्ताक्षरमा कायमै रहेको बताएका छन् । आफ्नो समर्थन् नरहेको बताएका छन ।

पार्टीले  जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरेको छ ।

स्रोतका अनुसार हट्ने मन्त्रीहरूको तर्फबाट सिफारिस गरिएको नाममा सांसद कृष्णलाल महर्जन, निरा जैरु, धनबहादुर बुढा र हिराचन्द्र केसी छन् । त्यस्तै मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित