Khabar Samachar

आफूले गरेका कामको मूल्यांकन जनताले गर्ने : कृष्णकुमार श्रेष्ठ

205
VIEWS

निवर्तमान श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले आफूले गरेका कामको मूल्यांकन जनताले गर्ने बताएका छन । ‘मैले यो काम गरेँ भनेर आफूले आफैँलाई नम्बर दिन चाहन्नँ,’ उनले भने, ‘कार्यकाल सकेर म मन्त्रालयबाट आज बिदा हुँदैछु।’ आइतबार राजीनामा दिएका पर्यटन मन्त्री प्रेम आलेले आफूले राम्रो काम गरेको भन्दै ९० नम्बर दिन्छु भनेका थिए। त्यसतर्फ लक्षित गर्दै श्रेष्ठले आफूले आफैँलाई नम्बर दिन उचित नहुने बताएका छन्। उनले मन्त्री बन्ने र फिर्ता हुने नियमित प्रक्रिया भएको बताए। एकीकृत समाजवादीले मन्त्री बनाएको र उक्त पार्टीले फिर्ता आउन भनेपछि फिर्ता जानु स्वभाविक भएको उनको भनाइ थियो। ‘अहिले ११ बजे नयाँ मन्त्रीज्यूको सपथ छ। मन्त्रालयका सचिव नयाँ मन्त्रीलाई लिन जानुपर्ने छ,’ उनले भने, ‘कहिले स्वागत कहिले बिदाइ यो नियमित प्रक्रिया हो।’ उनले आफूले गरेका काम हेरेर जनताले मूल्यांकन गर्नुपर्ने बताएका थिए।

उनले आफूले पदमा रहँदा कुनै गल्ती नगरेको बरु धेरै राम्रा कामको सुरुवात गर्न पाएकोमा गौरवान्वित अनुभूति भएको बताएका छन् । सोमबार मन्त्रालयका कर्मचारीको बिदाइ कार्यक्रममा श्रेष्ठेले तर आफू आफैले गरेका कामको नम्बर दिने पक्षमा नरहेको बताए । ‘म आफूले आफूलाई नम्बर दिने मान्छे होइन, नम्बर जनताले दिनुपर्छ’, श्रेष्ठले भने, ‘हुन त कतिपयले राजीनामा किन नदिएको भनेर प्रश्न पनि गर्नुभयो तर राजीनामा दिने अपराध किसान श्रेष्ठले गरेको छैन ।’ उनले पार्टीको सिफारिसमा मन्त्री भएको र पार्टीकै सिफारिसमा फिर्ता भएको भन्दै नियमित प्रक्रियाका रूपमा बुझ्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित