इटाली । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् इटालीको अध्यक्षमा छविलाल कंडेल,उपाध्यक्षमा भुवन नियोग लिम्बु ,महासचिवमा भवेश कुमार सिंह, सचिवमा अशोक उप्रेती र कोषाध्यक्षमा दिर्घा माया मगर युवा प्रतिनिधिमा श्याम खरेल र महिला प्रतिनिधिमा बिना मगराती चयन भएका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका कंडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन्। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा (आईसीसी सदस्य)राजन चापागाई निर्विरोध भएका छन्। बाकि रिक्त ( उपाध्यक्ष- १,सदस्य-६) रहेका सदस्यहरु क्षेत्रगत प्रतिनिधित्व हुने गरी मनोनयन गरेने निर्वाचन समिति सयोजक मनोज कुमार कार्कीले बताए । यो कार्य समिति ले २०२१ देखि २०२३ सम्म काम गर्ने छ । जुलाई २५ मा भर्चुअल रुपमा हुने संघको सातौँ अधिवेशनमा निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय