Khabar Samachar

Search
Close this search box.

माओवादीको बिउ अब चल्दैन : घनश्याम भुसाल

206
VIEWS

नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध बनाउँदै लैजाने बताएका छन्।कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले कम्युनिष्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रत्यत्न गर्ने बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ ।

पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं ।’एकठाउँमा जुट्दा ६०/७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको उनले बताए । भुसालले भने, ‘हाम्रो पुस्ताको तर्फबाट कमरेड सिद्धलालका अगाडि कसम खान्छु । यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौं, हटाउने छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौं ।’

‘हुन त आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ- हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। उनले  भने, ‘आजको आवश्यकतालाई उहाँले पनि राम्ररी बुझ्नु भएन । माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ…अब यी उम्रिदैनन् ।’ त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ,’ कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा आज बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रन्न।’

आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू एकीकृत र केन्द्रीकृत गर्न नेकपा एमालेमा माओवादीको बीऊ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित