प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन्। श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ। उनी प्याब्सनको पुर्बअध्यक्ष पनि हुन् । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकाे सपथ अपरान्ह ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय