Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रतिनिधि सभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

207
VIEWS

आज बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक सूचनामार्फत् दिउँसो २ बजेका लागि सारिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माग गर्दै आएको छ। छानबिन समिति गठन गर्न नेपाली कांग्रेस तयार देखिएको छ। बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको साथै मन्त्रालयको सीसीटीभी फुटेजसमेत मेटाएको विषयमा चौतर्फी दबाब बढेको छ ।

माओवादीले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिन समय माग गरेको छ। तर प्रतिपक्षी एमालेले अर्थमन्त्रीलाई सभामुखले बोल्न समय दिए बैठक चल्न नदिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित