Skip to main content

Khabar Samachar

Search
Close this search box.

बुढीगंगा निर्वाचन अपडेट : वडा नम्बर ४ मा कांग्रेसको फराकिलो अग्रता

202
VIEWS

बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनमा वडा नम्बर ४ मा कांग्रेसले फराकिलो अग्रता लिएको छ।

पछिल्लो विवरणअनुसार उक्त वडामा ४ सय मत गणना गर्दा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रंग खातीले ३३४ मत प्राप्तगरेका छन् भने एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४९ मत ल्याएका छन्।

यस्तै कांग्रेसले उपमेयरमा पनि अग्रता लिएको छ। कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार रिता शाहीले ३१६ मत ल्याउँदा एमालेकी माया खड्काले ६० मत पाएकी छन्। वडाध्यक्षमा पनि कांग्रेसले २९८ र एमालेले ७२ मत पाएको छ। उक्त वडामा १११९ मत खसेकोमा कांग्रेसले १ हजार मत पाउने आँकलन छ। यो वडाको मत गनिसक्दा अहिले १५ सयभन्दा बढीले अग्रता लिइरहेका बानियाँसँग कांग्रेसका रंग खातीको मतान्तर आधाभन्दा बढीले घट्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित