ससद सचिवालयको एक कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको छ।न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको छ । काठमाण्डौं तिनकुनेमा डेरा गरी बस्ने रोशनी शाहीको कोठामा पुगेका महराले उनीमाथि यौन दुर्व्यवहार गरेको र बलात्कारको प्रयास गरेको आरोप लगाइएको थियो । २०७६ साल असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको र दुबै पक्षविच छिनाझम्टी हुदा महराको चस्मा खसेर फुटेको थियो । महराको चस्माको टुक्रा र खुट्टा रोशनी शाहीको कोठामा छुटेको भन्दै प्रहरीले बरामदी मुचुल्का तयार पारेको थियो । यही आधारमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा चलेको थियो । काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो। यो घटना बाहिर आएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए। जिल्ला अदालतले सफाइ दिएपछि उनी झण्डै ५ महिनापछि थुनामुक्त भएका थिए।त्यो फैसलामा चित्त नबुझाई सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यही मुद्दाको फैसलामा पाटनले पनि जिल्लाको फैसला सदर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय