Khabar Samachar

सरकारको काम कारवाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष : कोइराला पक्ष

362
VIEWS

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सरकारका कामकारबाहीबारे पार्टी केन्द्रीय समिति बैठकमा गम्भीर ढंगले समीक्षा गरिनुपर्ने निष्कर्ष निकालेको छ।

त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत  बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए ।

उनले भने, ‘भोलिदेखि केन्द्रिय समिति बैठक हुँदैछ । त्यो बैठकमा समिक्षा, चाहे स्थानीय तह निर्वाचनको होस् वा सरकारको समिक्षा होस् । यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस् । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरुमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, काँग्रेसलाई कसरी मजबुत बनाउने, आगामी चुनावमा काँग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रुपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ ।’

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ । पार्टीको भातृ संस्था र विभागहरूलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित