जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको छ । सोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए। महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।जसपाको निर्णय अनुसार महन्थसहितका १६ जना र तटस्थ बसेका चौधरी अब कार्यकारिणी सदस्य रहँदैनन्। उनीहरुले अर्को पार्टी गठन नगरेको अवस्थामा सांसद पद भने कायम रहन्छ। साथै पार्टीले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको छ र पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय