काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

205
VIEWS

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक  आजपनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको हो ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित