मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइनेछ । केयर नेपालले कम्पनीलाई डी रेटिङ प्रदान गरेको छ। औसतमा यो कम्पनी कमजोर स्तरको जनाउँछ। बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ। आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ। सो अनुमानमै सम्पन्न भएमा प्रतिमेगावाट लागत १८ करोड ५ लाख हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय