Khabar Samachar

संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सत्ता गठबन्धनमा सहमति

213
VIEWS

सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार ऐन संशोधन सँगै आयोग संरचना पनि परिवर्तन गर्ने समझदारी बनेको छ। शुक्ररबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले समझदारी कायम गरेको उनले जानकारी दिए। ‘आजको सिंगल एजेन्डा भनेकै सत्य निरुपण र बेपत्ता छानबिन आयोगका ऐन संशोधनका विषयमा थियो’, खड्काले भने, ‘त्यसमा हामी समझदारी कायम गरेका छौं। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने दिशामा अघि बढेका छौं।’

मन्त्रिपरिषद्ले विधेयक पास गर्नुअघि कानुनमन्त्री गोविन्द बन्दीले संशोधन विधेयकबारे ब्रिफिङ गरेका थिए । ‘सर्वोच्च अदालतको फैसला र अन्तराष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी विधेयक बनेको भन्नुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषदले पास गरेपछि हाउसमा दर्ता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित