Khabar Samachar

एआईजी विश्वराज पोखरेलले राजीनामा दिए

214
VIEWS

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगेका उनले सोमबारको हाजिर गरेर पदबाट राजीनामा दिएका हुन्।

एआईजीपी पोखरेलले सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा हाजिर गरेपछि राजीनामा दिएको बताए।

‘हो मैले राजीनामा दिएको छु। त्यसअघि मेरो सरुवा भएको प्रदेश समन्वय समितिको रमना बुझेँ’, उनले भने, ‘मैले दाबी गरेअनुसार सर्वोच्चको फैसला नआएसँगै पदमा रहिरहनु उचित ठानिनँ।’

सर्वोच्च अदालतले गत असार ३१ गते प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएसँगै पोखरेलले राजीनामा दिने चर्चा थियो।

आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै असन्तुष्ट पोखरेलको र अवकाशमा गइसकेका तीन डीआईजीको पनि रिट खारेजको निर्णय सर्वोच्चले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित