Khabar Samachar

एसपीपीको अवस्थाबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

205
VIEWS

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी सम्झौताका विषयमा अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रीपरिषदले गरेको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । आज बसेको प्रतिनिधिसभा वैठकमा सभामुखले सरकारलाई यस्तो रुलिङ गरेका हुन् ।

हिजोको वैठकमा एमाले सांसद भिम रावलले सभामुखबाट यस विषयमा रुलिङ हुनुपर्ने माग गर्दै केही बेर संसदको रोष्ट्रम नै कब्जा गरेका थिए । आजको वैठकमा सत्तारुढ पार्टीकै सांसदहरुले पनि सभामुखबाट रुलिङ हुनुपर्ने माग राखे ।

रावलसहित एकीकृत समाजवादीका झलनाथ खना, नेकपा माओवादी केन्द्रका देव गुरुङले पनि रुलिङ हुनुपर्ने आवाज उठाएपछि सभामुख सहमत भएका हुन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङसहितले एसपीपी अघि नबढाउने सरकारको निर्णय शंकास्पद भन्दै प्रश्न उठाएका थिए।

सभामुखले भने,‘एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ। सो सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यन्वयनको अवस्थाबारे सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु।’

बिहिबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने संसदहरूले एसपीपी अस्विकार गर्नेबारे अहिलेसम्म अमेरिकालाई चिठी नपठाएको भन्दै आपत्ति जनाएका थिए।

परराष्ट्र मन्त्रलायले पत्रकार सम्मेलनमा एसपीपीबारे अध्ययन भइरहेको र अमेरिकालाई चिठी पठाउनेबारे छलफल भइरहेको बताएको थियो।

परराष्ट्रको उक्त धारणापछि बिहीबारको प्रतिनिधि सभाको बैठकमा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका सचेतक देव गुरुङ, एमाले सांसद भिमबहादुर रावल लगायतले उक्त विषयबारे सरकारको धारणा माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित