Khabar Samachar

अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुको माग

219
VIEWS

प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका हुन् ।

‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ’, सांसद पवित्रा निरौला खरेलले माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गरिन् ।

‘समितिले बारबार पत्राचार गरेको छ । समितिलाई छायाँ कपी प्रदान गरिनुपर्छ’, निरौलाले भनिन् । अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपीबारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे ।

एमाले सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पत्र लेखिएको कुरा नेपाली जनताले थाहा पाउने गरी संसद्मा सार्वजनिक गर्न आग्रह गरे । उनले एसपीपी कार्यक्रम मात्र नबढ्ने भन्ने पत्र गएको हो कि सदस्यताबाट पनि नेपाल हटेको हो त्यो स्पष्ट पार्न पनि अनुरोध गरेका छन् ।

यस्तै सांसद् शिवमाया तुम्वाहाम्फेले पनि पत्र सार्वजनिक गर्न माग गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित