Khabar Samachar

काठमाडौं–७ मा काँग्रेसबाट युवा नेता दक्ष पौडेलको दाबेदारी

209
VIEWS

आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा काँग्रेसका युवा नेता दक्ष पौडेलले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनले काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ७ बाट आफ्नो उम्मेदवारी घोषणा गर्दै दावेदारी प्रस्तुत गरेका हुन् ।
सन्त नेता कृष्ण प्रसाद भट्टराईसँग लामो समय निकट भएर काम गरेका उनको स्थायी ठेगाना बागलुङको अमलाचौर हो ।  पौडेलले २०४३ देखि २०४९ सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेका थिए । यस्तै उनी विगतमा सरस्वती क्याम्पस काठमाडौंमा नेविसंघको संगठन गरेर सक्रिय राजनीति होमिएका थिए ।
लामो समयदेखि सामाजिक काममा समेत सक्रिय युवा उद्यमी पौडेलले जनताको सेवा गर्नका लागि चुनाव लड्न लागेको र त्यसका लागि प्रभावकारी एजेण्डाका साथ जनतामा जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित