Khabar Samachar

मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

203
VIEWS

प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए ।

आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् । दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ ।

 

दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पे; गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशस्रको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वाषिर्क लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित