Khabar Samachar

भक्तपुरकाे डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

223
VIEWS

साेमबार सूर्यविनायक नगरपालिका–८ सिपाडोलको डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको बस आज वडा कार्यालयनजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै उनले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिँदा सामान्य क्षति भएको बताए।

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए। साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुगेका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

उनले घाइतेमध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनालाई उपचारपछि घर पठाइएको बताए। उनका अनुसार उपचाररत घाइतेको अवस्था गम्भीर भने छैन। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित