Khabar Samachar

Search
Close this search box.

सभामुख र चिनियाँ राजदूतको भेट: सापकोटाले जनाए एक चीन नीतिमा प्रतिवद्धता

204
VIEWS

सभामुख अग्निप्रसाद सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

सभामुख सापकोटा र राजदूत यान्छीबीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको थियो।

भेटमा सापकोटाले नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताएका छन्।

भेटका क्रममा राजदूत यान्छीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने बताएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित