Khabar Samachar

Search
Close this search box.

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन

217
VIEWS

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो।

यस्तै, रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जीववल्लभ भट्टराई चयन भएका छन्।

विवेकशील साझाको बागमती प्रदेशकी पूर्वसंयोजक बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार थिइन्। त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ १ ‘क’ बाट प्रदेशसभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्। यस्तै संयोजक भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित