स्रोत सामाजिक सन्जाल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सम्मानस्वरूप प्रयोगमा नल्याउने निर्णय गरेको छ । पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट खेलाडीले पनि छुट्टाछुट्टै नं लेखिएको जर्सी लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय