Khabar Samachar

Search
Close this search box.

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट चुनाव लड्ने

205
VIEWS

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् ।

गृह जिल्लाबाटै चुनाव लड्ने चाहना र रौतहट सुरक्षित पनि भएकाले नेपालले रौतहटबाट चुनाव लड्ने योजना बनाएको उनको निजी सचिवालयले जनाएको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका थिए । तर स्थानीय तह निर्वाचनको परिणामले काठमाडौं–२ भन्दा रौतहट–१ सुरक्षित हुने देखिएपछि नेपाल चुनाव लड्न रौतहट नै फर्किने मनस्थितिमा पुगेको उनी निकट एक नेताले बताए ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गौरसहित चारवटा पालिका जितेको थियो ।

स्थानीय तह निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा वडाको मत हेर्दा एकीकृत समाजवादीले सबैभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ ।

१६ हजार ९२८ मतसहित कांग्रेस दोस्रो हुँदा लोसपाको मत १२ हजार ६२ छ । जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ ।

सत्ता गठबन्धनका दलहरुले वडामा पाएको मत जोड्दा नेपाल रौतहट क्षेत्र नम्बर १ मा सुरक्षित हुने देखिएको छ ।

०७० को निर्वाचनमा रौतहट र काठमाडौंबाट प्रतिष्पर्धा गरेर दुबै ठाउँमा चुनाव जितेका नेपालले ०६४ मा भने दुबै निर्वाचन क्षेत्रमा हार व्यहोरेका थिए । त्यसअघिका चुनावमा भने नेपाल रौतहटबाटै प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित