नायक अनमोल केसीले चलचित्र ‘एक्स नाइन’ साइन गरेका छन् । शनिबार काठमाडौंको एक पाँचतारेराजधानीको मेरियट होटलमा शनिबार अभिनेता केसी र फिल्म निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सबीच लिखित सम्झौता भएको छ । जनवरीदेखि सुरु हुने फिल्मको सुटिङ क्यानडा, युरोप र नेपालमा हुने जनाइएको छ । होटलमा अनमोल र यसको निर्माणपक्षविच औपचारिक रुपमा चलचित्रमा काम गर्ने संझौता भएको छ । चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले ‘नेपालकै पहिलो ठूलो एक्सन चलचित्र’ भनिएको ‘एक्स नाइन’का लागि संझौता गरेका हुन् ।
यो चलचित्रको छायांकन जनवरीदेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । चलचित्रमा किङ योगी र मुकुन्दको पटकथा छ । चलचित्रका निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सोनु खत्री, सुवोध भट्ट रहेका छन् । दिनेश भट्ट चलचित्रका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय