गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन शनिबार सम्पन्न भएको छ । किरण गजमेरलाई देशको नयाँ भ्वाइसको रुपमा चयन गर्दै रियालिटी शोको तेश्रो श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको हो । टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई भने टप फोरमा मात्र अटाउन सकेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् । विजेता भएका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’का लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए । उनले, यो रकम नेपालमै सामाजिक कामका लागि खर्च गर्ने बताए । भने–‘म पनि हिजो खुट्टामा चप्पल नलगाई कैयौं संघर्षका पाइलाहरु हिडेको छु । आज मेरो जीवन शरणार्थी जीवन भन्दा केही माथि उठेको होला । तर, अमेरिकामा धनाढ्य जीवन बाँचेको छैन । मेरो बाबु–आमाले आज पनि सामान्य जागिर खाएर हामीलाई पालिरहनुभएको छ । आज पनि भुटानी शरणार्थी शिविरमा एम्बुलेन्स नपाएर कैयौं मानिसहरुले अकालमै ज्यान गुमाउनुभएको छ । मेरो हजुरआमाको पनि एम्बुलेन्स समयमा नआएर शिविरमै निधन भएको हो । यसैले, शरणार्थी शिविरमा एउटा एम्बुलेन्स खरिद गर्नेछु । साथै, नेपालको पश्चिममा आवश्यक पर्ने कुनै एक स्थानका लागि पनि एम्बुलेन्स खरिद गर्नेछु ।’कोच प्रमोद खरेलको टिमबाट किरणले यो टाइटल जिते । साथमा उनले २५ लाख र ट्रफी समेत पाएका छन् ।किरणले २५ लाखबाट आफ्नी आमाका लागि १ हजार रुपैयाँ दिने पनि बताए । यस्तै उनले, कोभिड भ्याक्सिन लगाउन नपाएका वृद्धाहरुका लागि भ्याक्सिन उपलब्ध गराउन केही रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय