पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार संसद बैठकमा आक्रामक शैलिमा प्रस्तुत भएका छन । उनले देउबा सरकारले हालै ल्याएको साझा कार्यक्रमको बारेमा बोल्दै सरकारमाथि प्रहार गरे । उनले कार्यदलले बनाएको न्युनतम साझा कार्यक्रमलाई सडकतिर बाँडेको कागजका रूपमा टिप्पणी गरेका छन्।ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा निकालेर पनि प्रचण्डलाई झस्काउन खोजे । सरकारले आफ्नो साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने भनेको उल्लेख गर्दै उनले त्यसो हो भने क्यान्टोनमेन्टको भ्रष्टाचार छानविन गर्न चुनौती दिए । ओलीले साझा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा र लिपुलेक-कालापानीको सिमाना बारेमा बोल्दै सरकारले आफ्नो लाछिपन देखाएको भन्दै सरकारको खिल्लि उडाए । लाल आयोगको प्रतिवेदन आजै सार्वजनिक गर्न माग गरे । गौर हत्याका दोषीमाथि छानविन गर्न माग गरे । देउवा सरकारकै मन्त्री ललितपुरको गोदावरीमा ढुंगा गिटीको दोहनमा संलग्न रहेको आरोप समेत ओलीले लगाए । भूमि आयोग विघटन गरेर सरकारले गरीब एवं सुकुम्बासीको घाँटी रेटेको ओलीले आरोप लगाए । एमालेकै माधब् नेपाल पक्षका नेताहरु मन्त्रि पदका लागि आफ्नो इमान बेचेको र पार्टिभित्र गुट बन्दि गर्दै सत्ताको प्रलोभनमा परेकोले नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै आलोचना गरे । उनले आफ्नो सरकारले गरेका बिभिन्न कामको प्रसम्सा गर्दै आफ्नो पालामा भएका कामहरुको मुल्याकन जनताले गर्ने र आउदो निर्बाचन बहुमतका साथ संसदमा उपस्थित हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय