एजेन्सी।चेल्सीले भिल्लारियललाई हराउँदै यूईएफए सुपर कपको उपाधि जितेको छ। युरोपा लिगको साविक विजेता भिल्लारियललाई पेनाल्टी शुटआउटमा ६–५ गोलले हराएर चेल्सीले उपाधि जितेको हो ।निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी खेलेपछि पेनाल्टी शुटआउटमा पुगेको खेलमा चेल्सीका गोलरक्षक केपा अरिजावालागाले भिल्लारियलका कप्तान राउल अलवियोलको पेनाल्टी रोकेपछि चेल्सी विजयी भएको हो ।पेनाल्टीमा चेल्सीका लागि काई हाभर्टजको सुरूआती प्रहार भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले बचाएका थिए। त्यसपछि चेल्सीको सबै ६ पेनाल्टी गोल भएको थियो। उसका लागि सेसर एज्पिलिक्वेटा, मार्कोस अलन्सो, मासन माउन्ट, जर्गिन्हो, क्रिस्टियन पुलिसिस र एन्टेनियो रुडिगरले गोल गरे।भिल्लारियलका लागि दोस्रो र अन्तिम प्रहार गोल भएन। उसका लागि जेरार्ड मोरेनो,पेर्भिस स्टुपिनान, मोइ गोमेज ड्यानियल रावा र जुआन फोयथले गोल गरेका थिए। एइसा मान्दी र राहुल अल्विओलको प्रहारलाई गोलरक्षक केपाले बचाउँदै चेल्सीलाई च्याम्पियन बनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय