Khabar Samachar

तनहुँ २ मा चुनाव लड्न प्रदीप पौडेलले दिए पार्टीमा आवेदन

203
VIEWS

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ बाट चुनाव लड्न आवेदन दिएका हुन्।

तनहुँ २ मा केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्। २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए । भण्डारीले यसपालि तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल केन्द्रीय सदस्य गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले पनि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा आकांक्षा व्यक्त गर्दै आवेदन दर्ता गरेका छन् ।

क्षेत्रीय कार्यसमितिले आवेदन संकलन गरी जिल्लामा पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारका नाम पठाउने गर्छ। कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित