कोनकाँण रेलवे कर्पोरेसनका प्रमुख मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धलाई पत्र लेखी नेपालले सम्झौताको रकम भारतलाइ उपलब्ध नगराए जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।सम्झौताअनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन बाकि छ । नेपालले चाँडै रेलसेवा संचालन नगरे सम्झौता रद्द हुने व्योहोराको पत्र गत बुधबार पठाइएको हो । सोही पत्र प्राप्त गरेकै दिनमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । तत्कालीन केपी ओली सरकारले भट्टराईलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । तर कांग्रेस सरकारले पदबाट हटाएको छ । कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो । सोहीअनुसार नेपालले उक्त भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसक्दा कम्पनीले दुःख पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय