Khabar Samachar

Search
Close this search box.

चित्रबहादुर केसी बाग्लुङ-१ र दुर्गा पौडेल प्युठानबाट उम्मेदवार सिफारिस

205
VIEWS

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्  भने उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट चुनाव लड्ने भएकी छन्।

शनिबार बसेको जनमोर्चा संसदीय बोर्डको बैठकले केसीलाई बागलुङ–१ बाट उम्मेदवार सिफारिस गरेको हो भने उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा  विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिस भई आएका उम्मेदवारको सूचीमाथि पनि छलफल भएको बताइएको छ।

प्रदेश तथा केन्द्रका लागि उम्मेदवारको रूपमा सिफारिस भई आएका सदस्यको बारेमा आवश्यक निर्णय भएको र क्रमशः सार्वजनिक गर्दै जाने केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित