Khabar Samachar

पाल्पा-२ मा एमालेबाट ठाकुर एकल सिफारिस

207
VIEWS

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा नेकपा एमालेले एकल नाम सिफारिस गरेको छ । पाल्पा १ का लागि नारायणप्रसाद आचार्य, युवराज खनाल, शिब अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र बिष्णु जिसी गरी ८ जनाको नाम सिफारिस भएको एमालेका प्रदेश सांसद नारायणप्रसाद आचार्यले बताए । लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका आचार्य यसअघिको प्रदेशसभामा पाल्पा क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

एमाले पाल्पाको निर्वतमान जिल्ला अध्यक्षसमेत रहेका आचार्यले स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो निर्वाचन क्षेत्रको केही पालिकामा कांग्रेसको गढ भत्काएर एमालेका उम्मेद्वारलाई जिताएका थिए । गत निर्वाचनमा यहाँबाट एमालेका दलबहादुर राना विजयी भएका थिए ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ठाकुर गैरे एकल सिफारिसमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित