Khabar Samachar

Search
Close this search box.

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै कांग्रेसका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

217
VIEWS

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले ‘रूख’ मा भोट हाल्न पाउनुपर्ने मागसहित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बालुवाटार पुगेर आज ज्ञापन पत्र बुझाएका हुन्।

बागमती प्रदेशका विभिन्न जिल्लाका क्षेत्र कांग्रेसले सत्ता गठबन्धनका अन्य दललाई छाड्न लागेको छ।

सिट बाँडफाँट मिलाउन चुनौती देखिएका बेला कांग्रेसका जिल्ला सभापतिहरूले अरू दललाई जिल्लाका सबै प्रतिनिधि वा प्रदेश सभा क्षेत्र नछाड्न आग्रह गर्दै सभापति देउवालाई ज्ञापत्र पत्र बुझाएका छन्।

उनीहरूले संघ वा प्रदेशका कुनै क्षेत्रमा मतपत्रमा रूख चिन्ह हुनुपर्ने बताएका थिए।

कांग्रेसले केन्द्रीय समितिबाटै सत्ता गठबन्धनबीच तालमेल गरी चुनावमा जाने निर्णय गरिसकेको छ भने सिट बाँडफाँट गर्न कार्यदल पनि बनाएको थियो।

ज्ञापन पत्र बुझ्दै देउवाले सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित