Skip to main content

Khabar Samachar

Search
Close this search box.

चोलेन्द्रले बयानका क्रममा नाम लिएका व्यक्तिलाई बोलाउने/नबोलाउने बारे समितिमा विवाद

204
VIEWS

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश र नेपाल बार एसाेसिएसनका पूर्वपदाधिकारीलाई महाभियोग सिफारिस समितिमा बोलाउनेबारे समिति सदस्यबीच विवाद भएको छ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको मंगलबारको जारी बैठकमा सत्तापक्ष र प्रतिपक्षका समिति-सदस्यहरूबीच विवाद भएको हो।

समितिका सत्तापक्षका सांसदले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने प्रस्ताव गरेको थियो। सोही प्रस्तावमा छलफल गर्ने क्रममा विवाद भएको हो।

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसाेसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित