आफु सहित आफ्नो पक्षका प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ बारेमा प्रतिक्रिया दिदै माधब कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए । आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको अन्तिम पहल गर्ने बताएको र त्यसमा आफूले सहमति दिएको उनले सुनाए । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।‘कारबाहीबाट विचलित हुने छैनौं। नयाँ पार्टी खोले पनि केपी ओलीले गल्ती स्वीकार गरेर आए अहिले, भोलि, तीन महिना, छ महिना, चुनाव अघि वा पछि पनि एकता हुन सक्छ। तर सही विचारमा आधारित भएर मात्रै,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय