न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।सो आईपीओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।कम्पनीले मस्र्याङ्दी गाउँपालिका–३ ९साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र० तथा मस्र्याङदी –६, ७ र ८ ९साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा० का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता शेयर निष्काशन गरेको हो ।आईपीओमा एनएमबि बैंकको बँेसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेँसीशहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

साहज उर्जा कम्पनीले सोलुखुम्बुका स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीले २९ गतेदेखि आयोजना प्रभावितहरुका लागि आईपीओ खुला गरेको हो । स्थानीय वासिन्दाहरुले छिटोमा भदौं ५ गतेसम्म र ढिलोमा २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना स्थल सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो जारी पुँजी तीन अर्व पचास करोड रुपैया मध्ये ३० प्रतिशत अर्थात एक अर्व पाँच करोड रुपैया रकम बराबरको जारी गर्दैछ ।१० प्रतिशत अर्थात ३५ करोड रुपैंया रकम बराबरको ३५ लाख कित्ता शेयर सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाको लागि जारी गर्न लागेको हो । बाँकी रहेको २० प्रतिशत अर्थात ७० करोड रुपैंया बराबरको एक सय अंकित दरको ७० लाख कित्ता, (कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता समेत) सर्वसाधारणहरुमा निष्काशन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाहरुले ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा, सोलुखुम्बु, नेपाल इन्भेष्टमेण्ट बैंक, लुक्ला शाखा, सोलुखुम्बु, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा, सोलुखुम्बु, माछापुच्छे« बैंक, सल्लेरी शाखा, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखामा गएर आवेदन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय