एमाले नेता माधव कुमार नेपालसहित १४ अवैधानिक रूपमा कारबाही गरिएको कारबाही रोक्न माग गर्दै संसद सचिवालयमा गएका छन । अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाऊँ भन्दै नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्यले लिखित निवेदन दिएका छन्। १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका थिए । उनीहरुले दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ । तर १४ सांसदले आफूहरुमाथि गरिएको कारबाहीमाथि नै प्रश्न उठाएका छन् । २७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदीय दलले ह्वीप नै नलगाएको र ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको आधारमा कारबाही गर्नु सर्वोच्च अदालतको फैसला विपरीत भएको बताएका छन् । भदौ १ गते नेकपा एमाले संघीय संसदिय दलको कार्यालयले संघीय संसद सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुराशयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारबाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन उनीहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय