Khabar Samachar

क्यूएफएक्सलाई भुवन केसीको पत्र : ‘मुभी कोड नआई फिल्मको बुकिङ नखुलाऊ’

208
VIEWS

चलचित्र विकास बोर्डले विदेशी फिल्मको प्रदर्शनलाई लिएर थप कडाइ गर्ने संकेत दिएको छ । सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न भनेको छ ।

क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीले पत्र काटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित