Skip to main content

Khabar Samachar

Search
Close this search box.

रेनु दाहालको प्रतिक्रिया : चितवनबासीका लागि दुर्भाग्य

207
VIEWS

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृहजिल्ला चितवनबाट निकालेर गोरखाबाट प्रतिनिधिसभामा उठाउने निर्णयपछि अनेक तरंग देखिन थालेका छन्।

२०७४ मा गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ बाट जितेका प्रचण्ड अब मंसिर ४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उठ्नेछन्।

चितवनमा ३ मा असुरक्षित महसुस गरेपछि उनी खोलो तरेर गोरखातिर उकालो लाग्ने भएका हुन्।

प्रचण्ड चितवनबाट पहाड उक्लिन लागेपछि उनकी पुत्रीसमेत रहेकी भरतपुर महानगरकी मेयर रेनु दाहालले यसलाई दुर्भाग्यपूर्ण भनेकी छन्।

चितवन ३ मा प्रचण्डलाई जिताउन चुनावी कमान्डरसमेत तोकिएकी उनले प्रचण्डलाई गोरखा लैजाने निर्णय चितवनबासीका लागि दुर्भाग्य भएको बताएकी छन्।

‘दुखद:चितवनवासीका लागी दुर्भाग्य’, उनले स्याड इमोजी प्रयोग गर्दै फेसबुकमा लेखेकी छन्, ‘स्तब्ध,भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागार गर्नेछ।’

चितवन ३ मा यो पटक एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन हुने निश्चित छ। यस्तोमा त्यहाँ प्रचण्डविरुद्ध राप्रपाबाट विक्रम पाण्डे फेरि मैदानमा उत्रिनेछन्।

अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि यस क्षेत्रमा नजर लगाएका छन्। तर उनी कहाँबाट उठ्ने अझै टुंगिएको छैन।

चितवन ३ मा कांग्रेसभित्रको अन्तरकलहले पनि प्रचण्डलाई तनाव दिएको छ। कांग्रेसमा शेरबहादुर देउवा र शेखर कोइराला समूहबीचको अन्तरकलहले पनि उनले असुरक्षित मानेका बताइएको छ।

प्रचण्डले यसअघि पनि हरेक चुनावमा बसाइँ सर्ने गरेका थिए। उनी रोल्पादेखि काठमाडौं हुँदै सिरहासम्म पुगेर चुनावी मैदानमा उत्रिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित