Khabar Samachar

नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवारको टुंगो लगायो

204
VIEWS

नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको छ । संसदीय बोर्डको आज बिहानसम्म बैठक बसेर प्रतिनिधि सभा र प्रदेशसभातर्फका १० उम्मेदवार टुंगो लगाएको हो ।

बाँकी क्षेत्रमा उम्मेदवार टुंगो लगाउन शनिबार पुनः बैठक बस्नेछ । सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ सिट पाएको छ ।

टिकट निश्चित गरिएका व्यक्ति र क्षेत्र यी हुन्–

प्रतिनिधिसभा तर्फ

१. डडेलधुरा – शेर बहादुर देउवा (पार्टी सभापति एवम् प्रधानमन्त्री)

२. दार्चुला – दिलेन्द्र प्रसाद बडु (हाल उद्योग मन्त्री, संस्थापन इतर)

३. बाजुरा – बद्री प्रसाद पाण्डे (सहमहामन्त्री, संस्थापन इतर, पहिलो पटक चुनाव लड्दै)

४. अछाम २– पुष्पबहादुर शाह (जिल्ला सभापति)

५. मुगु – ऐन बहादुर शाही (जिल्ला सभापति, उनी सर्वसम्मत सिफारिस भएका थिए ।)

६. मनाङ – टेक प्रसाद गुरुङ (पूर्व मन्त्री)

७. तेह्रथुम – सीता गुरुङ  (अघिल्लो निर्वाचनमा पराजित।)

प्रदेश तर्फ

जुम्ला (ख)– ललितजङ्ग शाही

तेह्रथुम (क)– सन्तोष सुब्बा

ताप्लेजुङ (ख)– खगेन सिंह हाङ्वाङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित