Khabar Samachar

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता

202
VIEWS

जुम्लामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बारकोटेबाडामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

यस्तै पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। अवस्था गम्भीर भएका उनीहरुलाई हेलिकप्टबाट उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको प्रजिअ केशरीले नेपाललाइभसँग बताए।

घटनाको पूरा विवरण भने आइसकेको छैन। यस्तै गृहमन्त्री बालकृष्ण खाणले भने घाइतेको उद्धार र  पुनर्स्थापनाका लागि कुनै कसूर बाँकी नराख्न प्रशासनलाई निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित