Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेले दिए चितवन–२ बाट उम्मेदवारी

207
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएपछि लामिछानेले आफूलाई विगतमा चितवनले लगाएको गुण तिर्न चाहेको बताएका हुन् ।

उनले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर जिताउन आग्रह पनि गरेका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र  आँसु बोकेर चितवन आएको थिए। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको  योजना  बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर  चितवनको मान्छे  बनेर।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित