गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । आगामी कात्तिक ६ देखि ८ गतेसम्म राजधानीमा आयोजना हुने सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति गठन भएको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, लगानी बोर्ड, नेपाल राष्ट्र बैंक रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर जनाएको छ । हरेक दुई वर्षको अन्तरालमा गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपालमा हुँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय