Khabar Samachar

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चियो, यसपछिको निर्णयले ठूलै भूकम्प आउला – प्रमुख निर्वाचन आयुक्त थपलिया

203
VIEWS

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूले आचारसंहिता पालना नगरेकोमा असन्तुष्टि जनाएका छन् । दलहरूले आफैँले पालना गर्छु भनेको आचारसंहिता पालना नगरेको भन्दै असन्तुष्ट थपलियाले देखिएका ५/७ दिनपछि आयोगले गर्ने निर्णयले ठूलै भुकम्प आउने चेतावनी दिए ।

विराटनगरमा आयोजित सञ्चार माध्यम अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले कानुन बमोजिम स्पष्टीकरण सोध्दा कोकोहोलो भइरहेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले गत स्थानीय तह निर्वाचनमा देखिएका समस्यालाई आयोगले यसपटक सम्बोधन गर्ने उदेश्यले निर्वाचन कानुनको पालनामा केही कडाइ गरिएको जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले “फ्री भिषा फ्री टिकट” को आश्वासन बाँडेपछि त्यसलाई आयोगले गम्भीरताका साथ कानुनको पालनामा जोड दिएको बताए । ‘आफैले पालना गर्छु भनेको आचारसंहिता पालना नगर्ने, स्पष्टीकरण सोध्दा कोकोहोलो भएको छ’ थपलियाले भने ‘हेर्दै जानुहोला, यसपछिको ५/७ दिनको निर्णयले ठूलै भुकम्प आउला कि ।’

उनले मिडियाकै कारण आयोग बलियो भएको बताए । मिडियामा आएको कुरा पहिले भेरिफिकेशनको प्रक्रिया अघि बढाएको बताए । स्पष्टीकरण सोध्नुलाई कारबाही गरेको भनेर बुझ्न नहुने, बरु कारबाहीको प्रक्रिया शुरु भएको भनेर बुझ्नु पर्ने बताए ।

आयोगले निर्वाचनलाई पद, पैसा, पहुँच र प्रलोभन मुक्त बनाउन खोजेको स्पष्ट पार्दै कुनै पनि दलले निर्वाचनलाई फगत निर्वाचन भनेर बुझ्न नहुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित