शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार छनोटको खेल तालिका सार्वजनिक गरेको हो । छनोट प्रतियोगितामा ७९ क्लबले दर्ता गरे पनि अन्तिम समयमा काठमाडौं युनाइटेडले कोभिड–१९ का कारण नाम फिर्ता लिएपछि अब ७८ टिमले खेल्नेछन् । भदौ १० गतेदेखि शुरु हुने छनोट प्रतियोगिताको पहिलो दिन सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स ब्वाइज एफसीबीच खेल हुनेछ । सुरूमा ए देखि जेटसम्म प्रत्येक समूहमा ३-३ टिम रहनेछन्। २६ समूहका विजेता टिम नकआउट चरणमा पुग्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय