अभिनयमा अब्बल रहेका नायक गित सङितमा पनि राम्रो प्रयास गरेका छन । २०४४ सालमा दोलखाको झ्याकुमा जन्मिएका नायक तथा गायक दिनेश के.सि २०६६ साल देखि नेपाली चलचित्र छेत्रमा लागि आफुलाई स्थापित गरि विभिन्न नेपाली चलचित्र हरु मार्फत नेपाली दर्शकको मन जिति आफुलाई यौटा सफल कलाकार को रुपमा चिनाउन सफल भैसकेका छन।विभिन्न समयमा आफुलाई फरक फरक रुपमा अभिनय मार्फत आफुलाई पर्दामा देखाउन रुचाउने नायक के. सि केही न केही फरक काम गरिरहन रुचाउँछन् । दानब,लाले,राजा,झमेला,निसाब,खतरनाक नामक दर्जनौ चलचित्रहरुमा अभिनय गरिसकेका छन ।  यसै सन्दर्भमा कोभिड ले गर्दा चलचित्र छेत्र सिथिल रहेको अबस्थामा आफू जन्मेको ठाउँ जिल्लालाई विश्वमा चिनाउन पर्छ भन्ने उदेश्यले उनले हालै यौटा गीति चलचित्र “हाम्रो दोलखा ” मा “हाम्रो दोलखा राम्रो दोलखा” बोलको गितमा आफ्नो सुमधुर स्वर भरेका छन।आफ्नो पहिलो गायन प्रयास विभिन्न सर्जकहरुबाट पायको हौसला ले उनी निकै उत्साहित छन बिश्वका करिब १८ भन्दा बढी देशको भ्रमण गरिसकेका नायक दिनेश के.सि बिश्वको जुनसुकै कुनामा पुगेपनी आफू जन्मेको ठाउँ र आफ्नो देश लाई कहिले बिर्सन नसक्ने रहेछ,यो उनको सोच हो।आफ्नो यहि सोचाइ लाई उनले गित मार्फत व्यक्त गर्न पाउदा आफू एकदमै खुसी र सन्तुष्ट भयको बताउँछन् । आफ्नो जिल्लामा भयको विभिन्न पर्यटकिय स्थल ,धार्मिक स्थल,कला र संस्कृती झल्काउने गरि उक्त गितको भिडियोको छायांकन पनि चाडै गरि विश्वका आमदर्शकहरुलाई दोलखा जिल्लाको बारेमा यसै गीति चलचित्र मार्फत चिनाउने उदेश्य राखेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय