Khabar Samachar

बालबालिकालाई लोकल कुखुराको अण्डा कि बटाईको अण्डा राम्रो ?

204
VIEWS

नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ।

नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन्। तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ तर लडाउने सोख लोप भइसक्यो भन्दा हुन्छ। बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ।

बालबालिकाको लागि लोकल अण्डा ठिक कि बट्टाइको अण्डा ठिक ?

लोकल कुखुराको अण्डामा भिटामिन ए, भिटामिन ई, भिटामिन डि र ओमेगा थ्रि फ्याटि एसिड बोइलर अण्डामा भन्दा बढि हुन्छ । जुन बालबालिकाको दृष्ट्रि, वृद्धि विकास र रोग प्रतिरोधी प्रणालीको लागी राम्रो हुने बिज्ञहरु बताउँछन् ।

यि दुवै प्रकारको अण्डा प्रोटिन र काब्रोहाइडेट बराबर मात्रामा पाइन्छ । लोकल अण्डामा कोलेस्ट्रोल बोसो कम हुन्छ । जुन बालबालिकाको मुटुको लागी लाभदायक मानिन्छ ।

बटाईको अण्डामा रिबोफ्लेविन, सेलेनियम, कोलनी आदि खनिज बढि हुन्छ । तर सानो आकारले गर्दा प्रोटिन, काब्रोहाइडेट प्रति गोटा कम हुन्छ । ५ वटा बटाईको अण्डा र एक वटा कुखुराको अण्डा आकारमा बराबर हुन्छ ।

प्रति सय ग्राम अण्डामा हिसाब गर्दा बटाइको अण्डामा कुखुराको अण्डामा भन्दा प्रोटिन, फ्याट, भिटामिन बि २, आइरन, भिटामिन बि १२ बढि हुन्छ । तर बटाईको अण्डाको औसत तौल १० ग्राम हुन्छ भने कुखुराको अण्डाको औसत तौल ५० ग्राम हुन्छ ।

बटाइको अण्डा महंगो हुन्छ साथै सहज रुपमा बजारमा पाउन सकिदैँन । कुखुराको अण्डा र बटाइको अण्डा राम्रो भएपनि बटाईको अण्डालाई कुखुराको अण्डा भन्दा उत्कृष्ट मानिन्छ । उपलब्धता र आफ्नो परिवारको आर्थिक अवस्था हेरेर दुइ मध्ये जुन खुवाउँदा पनि राम्रो हुन्छ ।

साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ।

बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित