Khabar Samachar

Search
Close this search box.

डडेल्धुराका कांग्रेसका दुई पूर्वसभापति कर्णबहादुर मल्ल पक्षमा

201
VIEWS

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग डडेल्धुरामा प्रतिस्पर्धा गरिरहेका कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई दुईजना पूर्वजिल्ला पार्टी सभापतिले समर्थन गरेका छन्।

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले विज्ञप्ती जारी गर्दै मल्ल र प्रदेशसभा (२) का स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको पक्षमा उभिएका छन्।

डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट सीमित व्यक्तिहरूले जनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरिएको विज्ञप्तीमा उल्लेख छ।

कांग्रेस बीपीले डडेल्धुराको प्रदेश सभा (२) मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीलाई समर्थन गरेको छ।

जोशी सत्तारुढ नेकपा एकीकृत समाजवादीमा आवद्ध भएर राजनीतिमा सक्रिय छन्। यसअघि कांग्रेस बीपीले नेकपा एमालेसँग गरेको चुनावी तालमेल तोडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित