Khabar Samachar

साफ यू-१५ महिला फुटबलमा बंगलादेशमाथि नेपालको जित

201
VIEWS

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले घरेलु टोली बंगलादेशलाई शनिवार १-० ले पराजित गर्दै दोस्रो जित निकालेको छ ।

ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएको खेलमा वर्षा ओली नायक बन्दा नेपालले घरेलु टोलीलाई पराजित गर्दै ३ अंक जोडेको हो । प्रतिस्पर्धात्मक खेलमा वर्षाले ८७औं मिनेटमा गोल गरेकी थिइन् ।

सिमरन राईको लामो फ्रिकिकमा पेनाल्टी बक्सभित्रबाट वर्षाले गोल गरेकी हुन् । लगातार दोस्रो जितपछि नेपालले ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।

वर्षा ओलीको चार गोल मद्दतमा नेपालले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गरेको थियो ।

भुटानलाई पहिलो खेलमा ८-० ले पराजित गरेको बंगलादेशको भने यो पहिलो हार हो ।

तीन टिम सहभागी प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।

नेपालले अर्को खेल बुधबार भुटानसँग खेल्नेछ भने अन्तिम खेल आउने शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित