Khabar Samachar

हेलिकोप्टरमा चढेर आउन सक्नेलाई छान्नुस् : आरजु देउवा

201
VIEWS

 

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले हेलिकोप्टरमा चढेर आउन सक्ने क्षमता भएकालाई भोट दिन आग्रह गरेकी छन्।

 

प्रधानमन्त्री शेरबहादुर देउवासँगै चुनावी सभामा सहभागी हुन गृह जिल्ल्ला डडेल्धुरा पुगेकी उनले यस्तो बताएकी हुन्।

शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन्।

उनले पतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नाम नलिइ हेलिकोप्टर चढ्न सक्नेलाई भोट दिन भनेका हुन्। देउवा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर चढेर चुनावी अभियानका लागि गृहजिल्ला पुगेका छन्।

‘यो गाउँ–ठाउँ बनाउने, यो व्यवस्थालाई अगाडि लैजाने, संविधानको रक्षा गर्ने, देशमा शान्ति र समृद्धि हुने’ उनले भोट माग्दै भनिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौँ। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउन सक्ने मान्छे छान्नुस्। कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवालाई जितानुस्।’

स्मरणीय के छ भने आरजुले यसअघि पनि पटक पटक विवादित अभिव्यक्ति दिने गरेकी छन्।

गत वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचका क्रममा डडेल्धुरामा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा सरकारको बजेट नै नपठाउने बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित